शनिबार, जेठ २, २०८३

फोन पेले ल्यायो नयाँ वर्ष अभियान

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोनपे गर्ने हो, क्यूआरमा उपहार जित्ने हो !’ योजना ल्याएको छ। २०७९ चैत २९ देखि २०८० वैशाख ५ गतेसम्म नेपालभर लागू गरिएको यस योजनामा व्यवसायी तथा ग्राहकहरू सहभागी भई १ तोला सुन र स्कुटर प्राप्त गर्न सकिनेछ।

National life

योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोनपेको क्युआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूले ‘लक्की ड्र’मार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर जित्न सक्नेछन् भने भुक्तानी प्राप्त गर्ने व्यवसायीले ‘लक्की ड्र’मार्फत १ तोला सुन जित्न सक्नेछन्।

फोनपेमा हाल ११ लाख भन्दा धेरै व्यवसायी (क्युआर मर्चेन्ट) आबद्ध रहेका छन्। फोनपे नेटवर्क मार्फत हाल दैनिक करिब ५ अर्ब रूपैयाँको कारोबार हुँदै आएको छ। फोनपेमा अहिले ६० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध छन्। एक करोड ७० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।

फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन्। गाउँ गाउँसम्म विस्तार भइसकेको फोनपे क्युआर शहरका अधिकांश पसलमा देखिन थालेका छन्। ग्राहकहरुले पनि नगद बोकेर हिड्नुको साटो फोनपे मार्फत भुक्तानी गर्न सहज ठानेका छन्। डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल अर्थतन्त्रमा ठुलो परिवर्तन ल्याउँदै जान थालेको छ।

प्रकाशित: Apr 11, 2023| 20:32 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्