शनिबार, जेठ २, २०८३

सानिमा बैंक र दराजबीच सहकार्य

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

National life

काठमाडौं- सानिमा बैंकले दराज नेपालसँग ‘नेपाली नयाँ वर्ष योजना’ का लागि सहकार्य गरेको छ।

यो योजना चैत २८ गतेदेखि वैशाख ७ गतेसम्म लागू हुने बैंकले बताएको छ। उक्त सहकार्यबमोजिम दराजको अनलाइन प्लाटफर्मबाट सानिमा बैंक डोमेस्टिक डेबिट/क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गरी सामान खरिद गर्दा निम्न अनुसारको छुट पाउने व्यवस्था गरिएको छ।

ग्राहकहरूले उक्त छुट पाउन दराज एपबाट भौचर संकलन गर्नुपर्ने हुन्छ। सीमित भौचर भएकोले पहिलोलाई प्राथमिकता प्रक्रियाअनुसार छुट प्रदान गरिने बैंकले बताएको छ। बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन्।
 

प्रकाशित: Apr 11, 2023| 19:32 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्