बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या प्रकरण : प्रमाण नष्‍ट गर्नेलार्इ कारबाही खै?

निर्मला हत्या प्रकरण : प्रमाण नष्‍ट गर्नेलार्इ कारबाही खै?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट शनिबार प्रकाशित दैनिक पत्रपत्रिकामा विविध विषयलार्इ प्राथमिकताकासाथ प्रकाशन गरिएको छ। करिब तीन महिनाअघि बलात्कारपछि हत्‍या गरिएकी निर्मला पन्तका दोषीलार्इ अहिलेसम्म कारबाही हुन सकेको छैन। 

पन्तको बलात्‍कार तथा हत्याका प्रमाण प्रहरी अधिकारीहरुबाटै नष्ट गरिएको गृहमन्त्रालयबाट गठित छानविन समितिको प्रतिवेदनमा उल्लेख छ। तर, तिनलार्इ निल्मबन बाहेक अन्य कारबाही गरिएको छैन। 

कानुनमा प्रमाण नष्ट गर्नेहरु कसुरदार भएकोले संलग्‍नलार्इ फौजदारी सजाय गर्नु्पर्ने प्रावधान छ। मुलुकी फौजदारी संहिता २०७४ अनुसार दोषीको रुपमा प्रस्तुत गर्न र सत्यतथ्य अनुसन्धान नगरी अपराध ढाकछोप गर्न खोज्‍नेहरु सजायका भागेदार हुन्। कसैले कसैलार्इ बचाउने नियतले निजले गरेका कसुरसम्बन्धी कुनै प्रमाण दबाउन, नष्ट गर्न वा त्यसलार्इ प्रमाणका रुपमा प्रयोग गर्न नसकिने गरी बिगार्न हुँदैन, संहिताको दफा ९३ मा भनिएको छ, यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलार्इ तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।'

सरकारले कानुनी व्यवस्था अनुसार तत्काल मुद्दा चलाउनुपर्ने भएपनि मानसिक सन्तुलन बिग्रिएका दिलिप सिंह विष्टलार्इ अपराध कबुल गर्न लगाउने काम भइरहेको खबर आजको कान्तिपुर दैनिकमा छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।