आइतबार, चैत १५, २०८२

ब्ल्याक डायमण्ड ‘पेले’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- पेलेलाई खासगरी मैदानमा प्लेमेकरको नाम दिइन्थ्यो । खास गरी उनी ड्रिबलिङ्ग, पासिङ्ग, र गोल बनाउने क्षमताका लागि प्रशिद्ध मात्र हैनन् उनी सर्वश्रेष्ठ पनि छन् । उनको टेक्निक र प्राकृतिक जोशीलोेपन विश्वभर  सधै प्रशंसा गरिन्छ । 

उनको खेल समयमा सर्वश्रेष्ठ मानिएका पेले हरेक खेलाडीका लागि एक आदर्श हुन् । हरेक खेलाडी पेले जस्तै बन्न चाहन्छन् । यतिमात्र हैन विश्व फुटबलमा अहिले जति नयाँ युवा स्टारको रुपमा उदाउँदै आएका छन् उनी सबैको नाम फुटबलका जिउँदा इतिहास पेलेसँग जोडिन्छ । सन् १९५९ मा उनले क्लबको तर्फबाट पहिलो म्याच खेले र पहिलो गोल पनि गरे । 

त्यसपछि उनले सफलताको शिखर चुम्दै गए । उनी मात्र १६ बर्षको उमेरमा आफ्नो देशको राष्ट्रिय टिमको सदस्य बने । पेलेको नेतृत्वमा ब्राजिलले फुटबलमा धेरै उल्लेखनीय सफलता प्राप्त गर्यो । उनले आफ्नो जीवन भरिमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका छन् ।

पेले नाम रहनुको कारण

ट्रेस कोराकोस, ब्राजीलमा जन्मेका पेलेको नाम अमेरिकी अन्वेषक थोमस एडीसनको नाममा राखिएको थियो । तर उनको माता पिताले नामको अंग्रेजी अक्षर ‘आई’ निकालेर ‘एडसन’ राख्ने निर्णय लिए । तर उनको जन्मको प्रमाणपत्रमा त्रुटि भएकाले धेरै कागजपत्रमा उनको नाम एडसन नभएर एडीसन नै हुन गयो । उसको परिवारले मूल रुपमा उनलाई उपनाम डिको दिएका थिए । उनको उपनाम पेले उनलाई स्कूलको दिनहरुमा साथिले जिस्काउनले नाम हो । 
जसले यो बताउँछ कि उनलाई उनको मनपर्ने खेलाडी स्थानीय वास्को दा गामाको  गोलकीपर बिलेको नामको गलत उच्चारण हो । तर जति उनी अस्वीकार गर्थे त्यति नै यो नाम उनीसँग जोडिदै गयो । आफ्नो आत्मकथामा पेलेले भनेका छन् कि उनलाई र उनको मित्रलाई थाहा थियो त्यो नामको अर्थ के हो भनेर ।

पेलेका तीन विवाह

पेले आफ्नो व्यक्तिगत जीवनमा खुल्ला विचारधारका थिए । उनले ३ पटक विवाह गरे । उनको पहिलो विवाह रोजमेरी डोस रईस चोल्बीसँग सन् १९६६ मा भएको थियो । उनको पहिलो श्रीमतीबाट उनकी २ छोरी छन् । तर सन् १९८२ मा उनको सम्बन्ध विच्छेद भयो । सन् १९८१ देखि सन् १९८६ सम्म उनी उनका साथी क्सुक्सासँग रोमान्टिकली इन्भल्भडमा थिए । जसबाट उनलाई एक मोडल बन्नको लागि सहायता प्राप्त भएको थियो । 



क्सुक्सा जम्मा १७ बर्षकी थिइन । जब पेलेले उनीसँग डेट सुरु गरेका थिए । त्यसपछि उनले सन् १९९४ मा मनोवैज्ञानिक र सुसमाचार गायक अस्सिरिया लेमोस सेइक्साससँग विवाह गरे । त्यसपछि उनले २ जुडवा बच्चालाई जन्म दिए । फेरि उनी आफ्नी अर्की श्रीमतीसँग पनि छुट्टिए र हाल सन् २०१६ मा फेरि मर्सिया ओकिसँग विवाह गरे । यो उनको अहिलेसम्मको व्यक्तिगत जीवन हो ।

फुटबल करियर

सन् १९५९ मा उनको पौलिस्ताको उपाधिलाई कायम राख्न नसके पछि उनको सफलताको सपनाको दौडमा रोक लागेको थियो । तर सन् १९६० मा उनले आफ्नो पूरा मेहेनतका साथ खेललाई जारी राखे र खेलको मैदानमा आफ्नो असाधारण प्रदर्शन देखाए । जसले सान्टोसको उपाधि फिर्ता पाउन मदत मिल्यो । त्यसै समयमा उनको क्लबले टप स्कोरर र उपाधि जितेको थियो । सन् १९६२ उनको करियरको सबैभन्दा राम्रो खेल वर्ष थियो । उनले सान्टोसलाई कोपा लीबरताडोरेस प्रतियोगितामा एक रोमाञ्चक जीत हासिल गर्न महत्वपुर्ण भुमिका खेले ।


घरेलु लिगमा पेलेले आफ्नो करियर शुरुवात गर्दा मात्र उनी १६ बर्षका थिए । सन् १९७२-७३ सम्म उनले ब्राजील लिग सान्टोसको लागि खेले । लाभप्रद अमेरिकी लिग उनको करियरको अन्तिम खेल रह्यो । १९७५ मा उनले न्यूयोर्क कस्मोसको लागि प्रशिक्षको रुपमा हस्ताक्षर गरे र तीन सत्र निभाए । पेलेलाई १९९२ मा परिस्थिति र पर्यावरणको लागि संयुक्त राष्ट्रको राजदूत नियुक्त उनलाई गरियो ।

१९६४ मा अर्जेन्टिनावीरुद्धका खेलमा उनलाई विपक्षी टीमका खेलाडीहरुले बारम्बार किक हानिरहेका थिए । तर रेफ्रिले ती खेलाडीलाई निकाल्नुको सट्टा पेलेलाई निकालेर यो साबित गर्न चाहन्थे कि उ पेलेलाई गेमबाट निकाल्ने रेफ्रिको रुपमा सबैको नजरमा चिनियोस् । पेलेले १४ बर्षसम्म आफ्नो देशको नेतृत्व गरे । 

आफ्नो खेल जीवनमा  पेलेले १९५९ मा १२६ गोल हानेका थिए । १९६९ मा उनले १ हजार १३१ गोल हानेर फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए । उनको यो घोषणाले ब्राजीलवासीहरु धेरै रोएका थिए । बच्चैदेखि फुटबल खेल्न रुचाउने पेलेले फुटबल खेलेर धेरै सम्पत्ति पनि कमाए । त्यतिमात्र नभएर मात्र पेलेकोे नेतृत्वमा ब्राजीलले ३ चोटी विश्वकप हात पार्न समेत सफल भएको थियो ।

‘ब्ल्याक डायमण्ड’ तथा ‘फुटबल किङ्ग’ को नामबाट चिनिने पेले धेरै धनसम्पत्ति र नाम कमाएर पनि अत्यन्त विनम्र, सहृदयी र सहज छन् । विज्ञापन, रक्सी तथा तम्बाकू सेवनबाट जीवनभर दूर रहने पेलेलाई उनकोे सन्यास पछि यूगोस्लाभिका राष्ट्रपति टीटोले राष्ट्रिय सम्मानले सम्मानित गरेका थिए । - एजेन्सीको सहयोगमा
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।