काठमाण्डौं- विश्वकै सर्वोत्कृष्ट स्मार्टफोन उत्पादक ह्वावेले यस वर्षको दशैं अफर शुरु गरेको छ साथै तीनवटा नयाँ स्मार्टफोनहरू नोभा टु लाइट, वाई फाइभ लाइट, वाई नाइन २०१९ तथा सेतो (पर्ल ह्वाईट) रंगमा नोभा थ्री आई पनि सार्वजनिक गरेको छ।
सबैभन्दा सफल स्मार्टफोन उत्पादकको संज्ञा ह्वावेले पाएकाले ह्वावे कम्पनीले घण्टापिच्छै लक्की ड्र योजना ल्याएको छ जसअन्तर्गत गोलाप्रथामार्फत् सबैभन्दा भाग्यमानी खरिदकर्ताको छनोट हुन्छ र उनीहरूले तत्कालै आकर्षक तथा रोचक उपहारहरू प्राप्त गर्नेछन्।
कम्पनीले नेपालभरिबाट गोलाप्रथामार्फत् प्रत्येक घण्टा एकजना ह्वावे स्मार्टफोन खरिदकर्ता छान्नेछ र भाग्याशाली व्यक्तिले ब्लुटुथ स्पीकर, पावर ब्यांक, फिटनेश ब्यान्ड, टी थ्री– सेभेन, वाई थ्री २०१७, वाई सेभेन प्रो २०१८ तथा बम्पर पुरस्कारमा भाग्यशाली विजेताले नोभा थ्री आई, वाई ९ २०१९, पी ट्वान्टी प्रो तथा म्याटबुक जित्न सक्नेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४