बिहीबार, साउन ७, २०८३

ग्लोबलको सेवा लिन मिसकल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ग्लोबल आइएमई बैंकलिले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्धेश्यले मिसकल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। जस अन्र्तगत ग्राहकहरुले बैंकले उपलब्ध गराएका विभिन्न मोवाईल नम्बरहरुमा मिसकल दिएर आफ्नो खाताको बारेमा जानकारी लिन सक्नेछन्। 

बैंकको मोबाइल बैंकिङ्ग सेवा ग्लोबल स्मार्टमा आबद्ध बैंकका ग्राहकहरुले उपभोग गर्न मिल्ने यो सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो खातामा रहेको मौज्दात रकमकोबारेमा जानकारी लिन ९८०१२३१२९४ नम्बरमा, खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९५ नम्बरमा, आफ्नो मोबाइलमा १०० टपअप गर्न ९८०१२३१२९६ नम्बरमा,  क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९७ नम्बरमा, आफुले बैंकमा बुझाउनुपर्ने कर्जाको किस्ता रकमको बारेमाजानकारी लिन ९८०१२३१२९८ नम्बरमा र बैंकले प्रदानगर्ने बिभिन्न कर्जाहरुको बारेमा जानकारी लिन ९८०१२३१२९९ नम्बरमा मिसकल गर्न सकिने कम्पनीले जनाएको छ।

ग्राहकहरुले माथि उल्लेखित फोन नम्बरहरुमा डायल गरेपछि उक्त नम्बरहरुमा १ घण्टी जाने र आफँै फोन काटिने त्यसपश्चात बैंकको ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेजमार्फत पठाउने जनाइएको छ। 
ग्लोबल आइएमई बैंक अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दैै जाने क्रममा यसअघि अत्याधुनिक मोबाइल बैंकिङ्ग सेवा ग्लोबल स्मार्ट, भाईवर बैंकिङ्ग, अंग्रेजी तथा नेपाली भाषामा इन्टरनेट बैकिङ्ग सुविधा, अनलाईनमार्फत घर मै अथवा जहाँँकहीं बसेर बैंक खाताखोल्न सकिने लगायतका सुबिधाहरु आफ्ना ग्राहकमाझ ल्याई सकेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्