पर्सा- जिल्ला प्रहरी कार्यालय पर्साले ४८ केजी गाँजा र २१ केजी चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका-७ का ५२ वर्षीय वीरबहादुर मोक्तान र पलासी गाउँपालिका-२ का ४४ वर्षीय सुर्यबहादुर स्याङतान छन्।
गोप्य सूचनाका आधारमा प्रहरीले पेर्टर्वासुगौली गाउँपालिका-१गधियानीबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार ८-१० जनाको समूहमा लाठीसहित उक्त लागूऔषध बोकेर आइरहेकाहरूलार्इ नियन्त्रणमा लिइएको हो। दुई जनाबाहेक अरू भाग्न सफल भएका छन्। उक्त लागूपदार्थ मकवानपुरबाट पर्सातर्फ ल्याउँदै गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४