बिहीबार, साउन ७, २०८३

कैलालीको लालपुरमा चक्काजाम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कैलालीको गोदावरी नगरपालिका-६ लालपुरमा स्थानीयले चक्का जाम गरेका छन्। 

बिहीवार अत्तरिया बसन्तपुरमा  बस र मोटरसाईकल एकआपसमा ठोक्किदा लालपुरका स्थानिय २ जनाको मृत्यु भएको थियो। 

दुर्घटनामा परी गोदावरी नगरपालिका वडा नम्बर ६ का २८ वर्षीया हेमन्त साँउद र अर्का एक २६ वर्षका विक्रम खडकाको ज्यान गएको थियो। टीकापुर बाट अत्तरीया तर्फ आउदै गरेको ना ५ ख ८०४९ नम्बरको बस र विपरीत दिशा बाट गुडीरहेको से ५ प ७५३६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्कीदा उनिहरुको ज्यान गएको प्रहरीले जनाएको छ। 

पीडितका आफ्नतहरुले क्षतिपुर्तीको माग गर्दै चक्का जाम गरेका हुन् । बाटो खुलाउने बिषयमा छलफल भईरहेको ईलाका प्रहरी कार्यालयका प्रमुख किसन सिं ठकुरीले जानकारी दिए। बाटो अबरुद्ध हुँदा गन्त्वयमा हिंडेका दर्जनौ गाडीहरु रोकिएका छन्।  निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हरी वळीले केहिबेरमा बाटो खुल्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।