आइतबार, वैशाख १३, २०८३

प्रिमियर लिगमा आर्सनल र लिभरपुलको बराबरी गोल

 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल घरेलु टोली लिभरपुलसँग बराबरीमा रोकिएको छ।

National life

सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले लिभरपुलसँग अंक बाँडन बाध्य भएको छ। सोखेल २–२ को बराबरीमा सकिएको थियो। 

आइतबार राति एनफिल्डमा  भएको खेलको ८औं मिनेटमा मार्टिनेलीको गोलबाट आर्सनलले अग्रता लिएको थियो। पहिलो हाफको २८औं मिनेटमा गाब्रिएल जेससले अर्को गोल थपे पछि आर्सनल २–० को अग्रता कायम गर्न सफल भयो। 

तर, त्यो अग्रतालाई आर्सनलले जोगाउन सकेन। र, ४२औं मिनेटमा सलाहले गोल गर्दे लिभरपुललाई २–१ को स्थितिमा फर्काए।

दोस्रो हाफको ५४औं मिनेटमा सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले आर्सनलसँग बराबरी हुने मौका गुमायो। तर, निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा अर्थात ७८ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई हारबाट मात्रै जोगाएनन्, खेल नै बराबरीमा राखिदिए।

kumari

यस खेलवाट आर्सनलको ३० खेलबाट ७३ अंकसहित अग्रस्थानमा छ भने लिभरपुल २९ खेलबाट ४४ अंक जोडेर आठौं स्थानमा सिमित रहेको छ।

प्रकाशित: Apr 10, 2023| 08:01 सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।