आइतबार, वैशाख १३, २०८३

पञ्जावलाई पराजित गर्दै हैदराबादको पहिलो जित 

इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ।
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ। राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा  हैदराबादले आइतबार सम्पन्न आफ्नो तेस्रो खेलमा पञ्जाव किङ्सविरुद्ध आठ विकेटको जित निकालेको हो। 

National life

पञ्जावले प्रस्तुत गरेको १४४ रनको लक्ष्य हैदराबादले १७.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो। टस हारेर ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रनको योगफल जोडेको थियो।

हैदराबादको जितमा राहुल त्रिपाठीले ७४ रन बनाए। कप्तान आइदेन मार्करमले ३७, मयन्क अग्रवालले २१ र ह्यारी ब्रुकले १३ रन जोडे।

पञ्जावका अर्शदीप सिंह र राहुल चहरले समान एक/एक विकेट लिए। 

त्यसअघि पञ्जावका कप्तान शिखर धवनले ९९ रन बनाएका थिए। साम करनले २२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न नसक्दा पञ्जाव ठूलो योगफलसम्म पुग्न सकेको थिएन। 

kumari

हैदराबादका मयन्क मार्कन्डेले चार विकेट लिए। चार ओभर बलिङ गरेका मार्कन्डेले १५ रन खर्चिए। मार्को जन्सेन र उम्रन मलिकले समान दुई विकेट लिँदा भुवनेश्वर कुमारले एक विकेट लिए। 

जितसँगै तीन खेलबाट दुई अंक जोडेको हैदराबाद तालिकाको आठौं स्थानमा उक्लिएको छ। समान खेलबाट चार अंक जोडेको पञ्जाव तालिकाको छैटौं स्थानमा छ।

प्रकाशित: Apr 10, 2023| 06:35 सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।