बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टी-२० विश्वकप छनोट : च्याम्पियन बन्यो नेपाल, सन्दीपको कीर्तिमान

टी-२० विश्वकप छनोट : च्याम्पियन बन्यो नेपाल, सन्दीपको कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल आईसीसी टी-२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको अन्तिम खेलमा सिंगापुरविरूद्दको खेल वर्षाले बीचमै बिथोलेपछि खेल अवधि छोट्याइएको थियो। 

सिंगापुर र नेपालको समान अंक भए पनि रनरेटका आधारमा नेपाल विजेता बनेको हो। खेलेका पाँच खेल जितेको नेपालको नेट रनरेट ७.७८२ छ भने पाँचै खेल जितेको सिंगापुरको नेट रनरेट ४.७७२ छ।

प्रतियोगिताबाट नेपाल विजेताका रूपमा, सिंगापुर उपविजेता र मलेसिया तेश्रो हुँदै टी-२० विश्वकप छनोटको दोश्रो चरणमा प्रवेश गरेका छन्। जसमा नेपाल, सिंगापुर, मलेसियासहित यूएई, कुवेत र कतार छनोट भइसकेका छन्।

पहिले ब्याटिङ गरेको सिंगापुरले जितका लागि ८२ रनको रक्ष्य दिएको थियो। संगापुरले १७.३ ओभरका सबै विकेट गुमाउँदै ८१ रन मात्र बनाउन सक्यो। 

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए। यस्तै, तीव्र गतिका बलर सोमपाल कामी र करन केसीले समान २-२ विकेट लिँदा ललित राजवंशी र वसन्त रेग्मीले १-१ विकेट लिए।

सन्दीपको कीर्तिमानी 

आर्इसीसी टी-२० एसिया उपक्षेत्रीय छनोटअन्तर्गत नेपालले अन्तिम खेलमा अहिले सिंगापुरविरुद्ध खेलिरहेको छ। यस खेलमा नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिए। उनले ४ विकेट लिएसँगै वसन्त रेग्मी र विनोद दासको एकै प्रतियोगितामा धरै विकेट लिने रेकर्ड तोडेका छन्। 

उनले प्रतियोगिताको ६ इनिङमा २४ विकेट लिए। सिनियर टिमका लागि एकै प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड वसन्त रेग्मी र विनोद दासको नाममा थियो।

रेग्मीले सन् २०१२ को डिभिजन-४ प्रतियोगितामा तथा विनोद दासले सन् २००५ को एसीसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा २१-२१ विकेट लिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।