काठमाडौं- बीपी राजमार्गको सिन्धुली रिठ्ठेभीर खण्डमा एक यात्रुवाहक बस सडकबाट खस्दा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
मृत्यु हुनेमा चालक सिन्धुली मरिणका राजकुमार लामा, उनका भाइ अनिस र सिन्धुली सुनकोशीका रवि खड्का रहेका छन्।
ना६ख ९१२ नम्बरको बस सडकबाट करिब पाँच सय मिटर तल सुनकोशी किनारमा खसेको थियो। सिन्धुलीका एसपी रामेश्वरप्रसाद यादवका अनुसार नदीमा डुब्नबाट मात्र एक मिटरले मात्र उक्त बस जोगिएको छ।
दुर्घटनामा बस तीन टुक्रा भएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छन्। सबै घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ। मृतक र घाइतेहरूको नाम खुलिनसकेको एसपी यादवले जानकारी दिए।
उक्त बस सिन्धुलीको मरिन गाउँपालिकाबाट काठमाडौंतर्फ आउँदै थियो। दुर्घटनास्थल सुनकोशी गाउँपालिका-५ मा पर्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४