धनगढी- बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको छानविनका लागि नेपाल प्रहरीले गठन गरेको एआइजी धिरु बस्न्यात नेतृत्वको छानविन समिति पहिलो पटक कञ्चनपुर पुगेको छ।
निर्मलाको घटनाको अनुसन्धानमा प्रहरीले प्रमाण नष्ट गर्न भूमिका खेलेको देखिएपछि प्रहरीमाथि नै अनुसन्धान तथा छानविन गरिरहेको एआईजी बस्न्यात नेतृत्वको छानविन समिति पहिलो पटक शुक्रबार कञ्चनपुर पुगेको हो।
स्थानीयले अनुसन्धानमा प्रहरीको भूमीका माथि नै शंका गरेपछि यो समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती, कमीकमजोरीकोसमेत छानविन थालेको छ।
बस्न्यात नेतृत्वको छानविन समितिले निर्मला पन्तको घटनामा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाएर यसअघि नै अनुसन्धान गरिसकेको छ। समितिले शुक्रबार घटनास्थल, पीडित परिवारसँग भेटघाट गर्ने र शनिबार जिल्लास्थित अन्य सरोकारवालासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए।
‘टोलीले अहिले सम्म प्रमुख जिल्ला अधिकारीसँग र प्रहरीसँग आन्तरिक छलफल सकेको छ’ कडायतले भने,‘घट्नास्थल र पीडित परीवारसँग समय मिले आजै र नत्रभने भोली विहान भेट गर्ने छ।’ घट्नाको छानविनका लागि नेपाल प्रहरीले गएको भदौ ३१ गते एआईजी बस्नेतको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको थियो।
घट्नामा प्रहरीको भूमिका नै संकास्पत देखिएपछि जनस्तरमा व्यापक आक्रोष छ। घट्नाको ७६ दिन वितिसक्दा पनि दाषि पत्ता लाग्न नसकेपछि प्रहरी संगठन नैै बद्नामित हुन थालेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४