शुक्रबार, जेठ १, २०८३

एयर इन्डियाको विमानले भत्कायो पर्खाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
नयाँदिल्ली- भारतको दक्षिणी शहर ट्रिचीस्थित विमानस्थलमा राष्ट्रिय ध्वजावाहक एयर इन्डियाको विमान पर्खालमा ठोक्किएको छ।

फ्लाइट नम्बर आईएक्स-६११ को विमान ट्रिची विमानस्थलबाट संयुक्त अरब इमिरेट्सको दुबई उड्दै थियो। बोइङ-७३७ विमानले धावनमार्ग छाड्दै गर्दा विमानस्थलको ‘पेरिमिटर’ पर्खाल भत्काएको हो।

विमानलाई मुम्बईस्थित शिवाजी राव अन्तर्राष्ट्रिय विमानस्थल पु¥याएर सुरक्षित अवतरण गराइएको छ। विमानमा एक सय ३० यात्री र चालक दलका ६ सदस्य थिए।



६ हजार पाँच सय घण्टाभन्दा बढीको उडान अनुभव रहेका विमानका दुवै पाइलटलाई एयर इन्डियाले ‘ग्राउन्डेड’ गराएर अनुसन्धान अगाडि बढाएको छ। पर्खाल भत्काएर उडेको विमानको सबै प्रणाली भने सामान्य थिए।

भारतको सबैभन्दा पुरानो एयरलाइन्स हो, एयर इन्डिया। सन् २००७ देखि घाटामा सञ्चालन हुँदै आएको छ। जुन २०१७ मा सरकारले यसलाई निजीकरण गर्ने निर्णय लिएको थियो। तर, लगानीकर्ता नभेटिएकाले उक्त सरकारी प्रयास पनि सफल भएको छैन। उक्त एयरलाइन्समा भित्रिन चाहने लगानीकर्ताले पाँच अर्ब डलर ऋण पनि जिम्मा लिनुपर्नेछ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।