काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाईदिने बताएका छन्। दशैंको टिका निर्मल निवासमा लगाउने तयारी भैरहेको बतार्इएको छ।
०६२/०६३ को जनआन्दोलन पश्चात पुर्नगठित सांसदले गणतन्त्र घोषणसँगै नागरिक सरह जिवन यापन गर्दै आएका राजाले सर्वसाधारणलाई दशैंमा टिका लगाउँदै आएका थिए।
थाइल्यान्ड हुँदै श्रीलंका भ्रमण गरेका पूर्वराजा ज्ञानेन्द्रको परिवार भारतको धार्मिक भ्रमणमा सहभागी हुन भारत पुगेको छ। उनी मुम्बईको वाधलापाडास्थित पद्मश्री सिद्धयोगपीठ गुरुधाममा घटस्थापना अर्थात् असोज २४ देखि कातिक १ गतेसम्म आयोजना हुने लक्ष्यचण्डी महायज्ञको प्रमुख अतिथिका रुपमा सहभागी हुन भारत पुगेका हुन्।
भ्रमणमा उनीसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, प्रभु शमशेरसहितका परिवारले २८ गते मुम्बईको सो कार्यक्रममा प्रमुख अथितिका रुपमा सहभागिता जनाउनेछन्।
राहुलेश्वरानन्द महाराजले आयोजना गरेको महायज्ञमा सहभागी हुन नेपालको तर्फबाट राजावादी संघ संगठनका १ हजार प्रतिनिधि समेत भारत जाने भएका छन्। आयोजक समितिले नेपालबाट हजारौं धार्मिक कार्यकर्ता जुटाउन आग्रह गरेपछि शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतसहितको समूह लागिपरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले गतवर्षको दशैंमा भने सर्वसाधारणलाई टिका लगाएनन्। एक होटल उद्घाटन गर्न नेपालगन्ज पुगेका उनले दशैं नेपालगंजमा मनाएको थियो । पछिल्लो समय ज्ञानेन्द्रले सर्वसाधारणसंग नजिकिदै गर्नुलाई अर्थ पुर्ण रुपमा लिईएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४