धनगढी- कैलालीको त्रिनगर भन्सार नाकामा सशस्त्र प्रहरी बलको गुल्म स्थापना भएको छ।
राजश्व तथा भन्सार गस्ती सुरक्षा कैलाली नम्बर ५३ गुल्म स्थापना भएको हो। भन्सार कार्यालयको सहकार्यमा यस अघि सशस्त्र प्रहरीले सुरक्षा दिदै आएको थियो। नेपाल सरकारको नियम अनुसार प्रत्येक जिल्लामा राजश्व तथा भन्सार गस्ती सुरक्षा स्थापना गर्नुपर्ने भएकाले सो कार्यलय स्थापना गरिएको हो।
एक औपचारीक कार्यक्रमका बीच कार्यालयको धनगढी उप-महानगरपालिकाका मेयर नृप ओड, प्रमुख जिल्ला अधिकारी वावुराम श्रेष्ठ र शसस्त्र प्रहरीको सुदुरपश्चिम प्रदेश मुख्यालय वाहिनी अत्तरीयाका डिआईजी नागेन्द्रवहादुर थापाले उद्घाटन गरे।
कार्यालय स्थापना भएसंगै भन्सार छलिका घटनामा कमी आउने विश्वास गरिएको छ। सीमा सुरक्षाको समन्वयमा चोरी तस्करी नियन्त्रणका लागि खटाईने शसस्त्र प्रहरीको सुदूरपश्चिम प्रदेश मुख्यालय वाहिनी अत्तरीयाका डिआईजी नागेन्द्रवहादुर थापाले बताए।
खुल्ला सिमाना भएका कारण धनगढी आसापासका सिमा क्षेत्रमा ठुलो मात्रामा भारतवाट भन्सार छलेर चोरी तस्करी हुँदै आएको छ। तर यसअघि रहेको कम जनशक्ती र लामो सीमा भएका कारण नियन्त्रणमा किठनाई हुँदै आएकोमा हाल स्थापना गरिएको कार्यालयमा एक सय ६० जना शसस्त्र प्रहरीले काम गर्न थालेका छन्।
सक्रियताका साथ सीमामा हुने तस्करी रोक्दै सरकारी राजश्व वढाउन लाग्नुपर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए। त्रिनगर भन्सार नाकामा यसअघि सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली राखिएकोमा अहिले सशस्त्र प्रहरी नायव उपरीक्षकको नेतृत्वमा कार्यालय स्थापना गरिएको छ।
सो जनशक्तीलाई सबै सिमा क्षेत्रमा वाडफाँड गरेर सिमा तस्करी नियन्त्रणका लागि प्रयास गर्ने शसस्त्र प्रहरीको योजना छ। स्थानीय तहले पनि राजश्व बढाउन र सिमामा हुने घटना न्यूनिकरणमा कमि ल्याउन सहयोग गर्ने धनगढी उप–महानगरपालिकाका मेयर नृप बहादुर वडले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४