आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • मधेस
  • रामजानकी मन्दिर क्षेत्रका अनधिकृत संरचनामा महानगरको डोजर

रामजानकी मन्दिर क्षेत्रका अनधिकृत संरचनामा महानगरको डोजर

 |  शनिबार, चैत २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत २५, २०७९

काठमाडौं- वीरगन्ज महानगरपालिका-१० अघिअर्वा पोखरी मूलगेटको अगाडि रहेको रामजानकी मन्दिर क्षेत्रका अनधिकृत संरचना महानगरपालिकाले हटाएको छ। शनिबार त्यहाँ महानगरको डोजर चलेको हो।

National life

लामो समयदेखि मन्दिरका पुजारीले सडकसँग जोडिएको मन्दिरको जग्गामा भवन निर्माण गरी भाडा असुल्दै आएका थिए। खाली जग्गाको तीनतर्फ अवैध कब्जा गरी संरचना निर्माण गरिएको थियो।

महानगरपालिकाले अवैध संरचना हटाउन खोज्दा मन्दिरका पुजारी शम्भुनाथ तिवारीले महानगरविरुद्ध उच्च अदालत जनकपुरमा रिट हालेपछि संरचना हटाउन सकिएको थिएन। शुक्रबार न्यायाधीश शारंगा सुवेदी र शान्ता सेढाईं सापकोटाको संयुक्त इजलासले महानगरको पक्षमा फैसला गरेपछि डोजर चलाउन बाटो खुलेको हो।

आफ्नो पक्षमा फैसला आएको भोलिपल्ट आज बिहानै महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा मन्दिरको खाली जग्गामा निर्माण गरिएका संरचना हटाइएको हो।

वि.सं. १९८२ देखि रामजानकी मन्दिरको नाममा रहेको खाली जग्गामा तीनतिर भवन निर्माण गरिएको थियो। अतिक्रमण हटाएर मन्दिरलाई पुरानै संरचनामा ल्याउने र दैनिक पूजापाठ समेत सुचारु गर्ने महानगरको योजना छ।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 08, 2023| 18:19 शनिबार, चैत २५, २०७९
प्रतिक्रिया दिनुहोस्