बिहीबार, साउन ७, २०८३

फेवातालको आँगनमा छल्किएको सुन्दरता (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पोखरा- पोखराको सुन्दरता संसारभर प्रख्यात छ। यस सुन्दर उपत्यकाको मुख्य आकर्षण हो, फेवाताल। 

फेवातालमा डुबुल्की मारिरहेझैं लाग्ने माछापुच्छ्रे हिमाल पनि यहाँको मुख्य आकर्षण हो। ताल, मन्दिरछेउमै लहरै परेर बसेकाझैं लाग्ने हिमाल अनि अलि गर्मी हुनेबित्तिकै वर्षा पोखराका विशेषता नै हुन्। पोखरा र फेवातालबारे धेरै कवि आफ्ना रचनामा पोखिएका छन्। धेरै गीत चर्चित बनेका छन्।

निबन्ध, कथा र उपन्यासमा त पोखरा र यसको सौन्दर्यको वर्णन कति कति! एक पटक पोखरा पुगेकाहरूलार्इ फेवातालले बारम्बार बोलाइरहन्छ। त्यसैले त होला, कतिपय विदेशी नागरिकले आफ्नो जन्मभूमिको नागरिकता नै त्यागेर पोखरालार्इ जीवनको उत्तरार्द्ध बिताउने थलो बनाएका छन्।
 


 

फेवातालमा बोटिङ गर्दै एक छेउबाट अर्को छेउ पुग्दाको अनुभूति नै बेग्लै। तालको वरिपरि डुंगाको ताँती, बीचमा तालवाराही मन्दिर, अनुहार टलक्क टल्किने नीलो पानीले मनमोहक देखिन्छ फेवाताल। ताल वरिपरिबाट बहन चिसो हावाले मनै सररर बनाउँछ।
 
साँझपखको फेवातालको त वर्णन गरी साध्यै छैन। वरिपरि झिलिमिली बत्ति, छेउका होटेलहरूमा कतै नेपाली, कतै हिन्दी त कतै अंग्रेजी संगीतको झंकार। मदिरा र मासुका परिकारहरूमा झुत्तिँदै गरेका पर्यटकहरू।

लेकसाइड भनिने फेवातालको किनाराले साँझ नपर्दै मादकता पस्किन थालिसकेको हुन्छ। बिहानीपख लेकसाइडमा मर्निङ वाकमा निस्कनुको मजा नै बेग्लै।



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।