बिहीबार, साउन ७, २०८३

सुनकोशीमा बस खस्यो- १ को मृत्यु, ७ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बीपी राजमार्गको सिन्धुली रिठ्ठेभीर खण्डमा एक यात्रुवाहक बस सडकबाट खस्दा एक यात्रुको मृत्यु भएको छ भने सात घाइते भएका छन्।

ना६ख ९१२ नम्बरको बस सडकबाट करिब पाँच सय मिटर तल सुनकोशी किनारमा खसेको थियो। सिन्धुलीका एसपी रामेश्वरप्रसाद यादवका अनुसार नदीमा डुब्नबाट मात्र एक मिटरले मात्र उक्त बस जोगिएको छ।

दुर्घटनामा बस तीन टुक्रा भएको छ। घाइतेमध्ये चार जना गम्भीर छन्। सबै घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ। मृतक र घाइतेहरूको नाम खुलिनसकेको एसपी यादवले जानकारी दिए।

उक्त बस सिन्धुलीको मरिन गाउँपालिकाबाट काठमाडौंतर्फ आउँदै थियो। दुर्घटनास्थल सुनकोशी गाउँपालिका-५ मा पर्छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।