बिहीबार, साउन ७, २०८३

वामदेव गौतम : ओलीलाई तर्साउने प्रचण्डको विफल कार्ड!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेकपा सचिवालय सदस्य वामदेव गौतमको संसद प्रवेश यात्रा अब चार वर्षका लागि करिब करिब टुंगिएको छ। रोल्पाबाट शुरु भएको उनको सांसदको चाहना डोल्पा र बाँके हुँदै काठमाडौं-७ मा आइपुग्दा समाप्त भएको छ।

उनको सांसद बन्ने सपना अब चार वर्षपछि हुने चुनावमा प्रकट हुनेछ। तर, अहिलेको यो घटनाले गौतमको लोकप्रियता सगरमाथाबाट केचनाकवलतिर झारिदिएको छ।

यो चर्चाले गौतमलाई सत्तालोलुप र शक्तिबिना एकछिन पनि बाहिर बस्न नसक्ने नेताका रूपमा चित्रण गरेको छ। चर्चाले नेकपाभित्र चलखेलको प्रयास समेत विफल भएको छ।

ओलीलाई तर्साउने प्रचण्डको कार्ड

तत्कालीन एमाले र माओवादी एकीकरण हुँदा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चारबुँदे लिखित सहमति भएको थियो। त्यो सहमतिमा प्रधानमन्त्री आधा-आधा  कार्यकाल गर्ने एउटा बुँदा प्रमुख थियो। तर, ओलीको पछिल्लो कार्यशैलीप्रति प्रचण्ड सशंकित बनेका छन्।

सरकार सञ्चालनमा ओलीले एकलौटी गरेको बताउँदै प्रचण्डले आफूनिकट नेताहरूसँग गुनासो गर्ने गरेका छन्। पछिल्लोपल्ट प्रचण्डको हिमचिम उत्तरतिर टाढिएको र दक्षिणतर्फ नजिकएको महशुस धेरैले गर्न थालेका थिए। ओली दक्षिणतिर रुचाइएका नेता होइनन्। तर, विकल्प नभेटेसम्म उनलाई स्वीकार गर्नु दक्षिणको बाध्यता थियो।

मुर्मुरिँदै मुस्कान दिनु दक्षिणको परिस्थितिजन्य बाध्यता थियो। त्यसैले ओलीको विकल्पमा दक्षिणबाट अनेक प्रयास हुँदै आएका छन्।

नेकपाभित्र नयाँ प्रधानमन्त्रीको विकल्पका लागि प्रचण्डको बलियो शक्ति छैन। सजिलो गरी प्रचण्डले पूर्वएमालेका नेताहरू परिचालन गर्न सक्ने मजबुत अवस्था छैन। गौतम प्रचण्डका लागि सजिला नेता हुन्। सत्ता चलखेलको उनीसँग राम्रै अनुभव छ। यो अनुभवको सजिलै उपयोग गर्ने प्रयासमा थिए, प्रचण्ड।

ओलीले सजिलै प्रधानमन्त्री छोड्ने कुरामा प्रचण्ड विश्वस्त छैनन्। सोही कारण नेकपाभित्र ओलीले नछाडेको खण्डमा गौतमलाई अगाडि सारेर बदला लिन चाहन्थे, उनी। त्यसैले प्रचण्ड गौतमलाई त्यसका लागि योग्यता पुर्याउन खोज्थे। यो योग्यता पुर्याउन प्रतिनिधिसभाको सदस्य बनाउनुको विकल्प थिएन। नत्र, उनलाई सांसदै बनाउनुपरेको खण्डमा राष्ट्रियसभामा लगेको भए पनि हुन्थ्यो। तर, संविधानमा प्रधानमन्त्री हुनका लागि प्रतिनिधिसभाको सदस्य हुन अनिवार्य छ। सोही कारण गौतमलाई सांसद बनाउन चाहन्थे, प्रचण्ड।

वामदेवलाई प्रतिनिधिसभाको सदस्य बनाउन नेकपाभित्रको मात्र चलखेल थिएन। यसमा बाह्य चलखेल मिसिएको थियो। तर, यो एउटा प्रयास विफल भएको छ। गौतमलाई सांसद बनाउने जे जसरी प्रयास भएको छ, त्यसले प्रचण्ड र गौतमको मात्र होइन, नेकपाको समेत लोकप्रियता तल झरेको आम अनुमान छ। नेकपा विधि विधान र पद्धतिबाट चलेको छैन, कम्पनी ऐनजस्तो गरी चलेको छ भन्ने प्रष्ट भएको छ।

किन पछि हटे गौतम?

सांसद बने गौतमको लालसा सडकमा देखिएपछि उनीविरुद्ध ठूलो आक्रोस उत्पन्न भएको देखियो। गौतमलाई नै सांसद बनाउन १० वटा निर्वाचन क्षेत्रमा परीक्षण प्रचार गरियो। दुई महिनाको नेकपाभित्रको प्रयास हेर्दा देशमा ठूलो समस्या गौतमलाई सांसद नबनाउँदा भएकोजस्तो गरी महत्व दिइयो।

उनलाई सांसद बनाउन राष्ट्रिय गौरवको आयोजनाजस्तो बनाइयो। हरेक चुनावमा जाँदा गौतमको विरोध त्यत्तिकै भयो। आम चुनाव पाँच वर्षका लागि हुन्छ। एउटा चुनावमा हार्ने नेताले पाँच वर्षसम्म धैर्य गर्न सक्नुपर्छ। गौतमलाई आम चुनावमा जनताले पाँच वर्ष चुप लागेर बस भनेर हराइदिएका हुन्। तर, गौतम चुनाव हारेको भोलिपल्टदेखि नै सांसद बन्न चलखेलमा लागे, जसले उनीविरुद्ध जनमत बढ्दै गयो।

गौतम जताबाट चुनाव लडेको भए पनि पराजय निश्चित थियो। उनलाई जिताउन कि निर्विरोध बनाउन सक्नुपथ्र्यो, नत्र चुनावमा एकछापे मत आउनुपर्थ्यो। यदि गौतम चुनावमा हारेको भए उनको राजनीतिसमेत समाप्त हुन्थ्यो। किनकि, त्यो स्वाभाविक चुनाव हुने थिएन। त्यसैले कसैले सम्झाइदियो वा गौतम आफैंले यो कुरा बुझेर पछि हटे तर यसबाट धरापमा परेको उनको राजनीति केही समयका लागि बचेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।