बिहीबार, साउन ७, २०८३

विश्वकप टी-२० छनोट : नेपाल पहिले फिल्डिङ गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आईसीसी विश्वकप टी-२० एसिया क्षेत्र छनोट ‘बी’ को अन्तिम खेलमा नेपालले आज (शुक्रबार) सिंगापुरको सामना गर्दै छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सूरु भएको खेलमा यतिखेर नेपाल वटस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । 

समान ५-५ खेलमा जित निकाल्दै अर्को चरणको छनोटमा पुगि सकेका यि दुबै टोलीले उपाधिका लागि भिड्दै छन् । उपाधिको एक्लो दाबेदारको रुपमा हेरिएको नेपालको नजर सिंगापुरलाई फराकिलो अन्तरले पराजित गर्दै उपाधि चुम्ने नै हुने छ । 

अंकतालिकामा नेपाल नेट रन रेटका आधारमा पहिलो र सिंगापुर दोस्रो स्थानमा छन् । नेपालले सिंगापुरसँग कुनै पनि फ्रम्यार्टको क्रिकेटमा अहिले सम्म पराजय भोगेको छैन । टी-२० क्रिकेटमा नेपाल र सिंगापुरबीच २ खेल खेल्दा दुबै खेलमा नेपाल विजयी भएको छ । 

टी-२० क्रिकेटमा नेपालले बनाएको सर्वाधिक स्कोरको रेकर्डपनि सिंगापुरवीरुद्ध नै बनाएको छ । सन् २०१३ मा कीर्तिपुर क्रिकेट मैदानमा भएको एसीसी कपमा सिंगापुरवीरुद्ध बनाएको २ सय १० रन नै नेपालले टी-२० मा बनाएको उच्च रन हो । उक्त खेलमा नेपाल १ सय २१ रनले विजयी भएको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।