बिहीबार, साउन ७, २०८३

मापसेमा ट्राफिक परीक्षा !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
विराटनगर- के तपार्इं मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गर्नुहुन्छ ? छ भने अब मोरङ प्रहरीले लिने ट्राफिक परीक्षा दिन तयार हुनुहोस् । 

जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारी साधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गरेको हो । मापसे गरी सवारी साधन सञ्चालन गर्दा चेकजाँचमा पक्राउ पर्दा प्रहरीले सवारी चालक अनुमतिपत्र लिन्छ र चिट (पूर्जी) दिन्छ । त्यही चिटको नम्बरको आधारमा ट्राफिकसम्बन्धी परीक्षा दिनुपर्ने हुन्छ । 

विभिन्न मूल र शाखा सडकलगायत अन्य स्थानमा गत मङ्गलबारसम्ममा आकस्मिक चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ चालकलाई २४ घण्टे पूर्जी थमाउँदै लिखित परीक्षाका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको थियो । मापसेमा पक्राउ परेका मध्ये ३० जना परीक्षामा सहभागी भई १५ जनाले ८० प्रतिशत बढी अङ्क ल्याएर उत्तीर्ण गरेको प्रहरीले जनाएको छ । अनुत्तीर्ण चालकलाई पुनः परीक्षा लिई उत्तीर्ण भएमा मात्र सम्बन्धित ट्राफिक प्रहरी कार्यालयमा जानुपर्ने व्यवस्था गरिएको छ । 

मोरङ प्रहरीले हालै प्रयोगमा ल्याएको एप्समा घर वा जिल्ला प्रहरी कार्यालयमा गई चिटमा लेखिएको नम्बर एप्समा राखी परीक्षा दिनुपर्नेछ, जसमा उत्कृष्ट (८० प्रतिशत) अंङक ल्याएमा मात्र उत्तीर्ण गराइन्छ । 

परीक्षा दिई उत्तीर्ण नहुञ्जेलसम्म सवारी चालक अनुमति प्राप्त गर्न नसकिने जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं उपरीक्षक मनोजकुमार केसीले बताए। 

सवारी चालकको आफ्नो घर, कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा मोबाइल, ल्यापटप वा डेक्सटपबाट एप्स डाउनलोड, चिटको नम्बर दाखिला गरी ट्राफिक परीक्षा दिनुपर्छ । 

ट्राफिक परीक्षासम्बन्धी जाँचपरीक्षा सम्बन्धित व्यक्तिले दिएको हो वा अन्यले भन्ने परीक्षा दिएको बेला जिप्रकामा रहेको कम्प्युटर सफ्टवेयरले भिडियो रेकर्डिङबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ । 

मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या वृद्धि थालेपछि चालकलाई सचेतनामूलक कारवाहीस्वरुप परीक्षा प्रणाली शुरु गरिएको प्रहरी उपरीक्षक केसीको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।