बिहीबार, साउन ७, २०८३

‘ए’ डिभिजन लिग : आज मनाङ र एपीएफको प्रतिद्वन्द्वी को ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर

काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज (शुक्रबार) पहिलो चरणका अन्तिम दुई खेल हुदै छन् । पहिलो खेलमा आज हिमालयन शेर्पा क्लब र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

त्यस्तै दोस्रो खेलमा प्रतियोगिताकै अर्को दाबेदारबो रुपमा हेरिएको मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड ब्वाइजको सामना गर्दै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज हुने पहिलो हिमालयन शेर्पा क्लब र विभागीय टोली एपीएफबीचको खेल बिहान ११ बजे शुरु हुने छ । दुवै टोली पहिलो खेलमा ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

त्यस्तै दोस्रो खेल पनि एन्फा कम्प्लेक्समा नै दिउसो ३ बजे सुरु हुनेछ । ब्रिगेड र मनाङ पनि विजयी सुरुवात गर्ने लक्ष्यसहि मैदान उत्रनेछन् । बंगबन्दु गोल्ड कपले केही समय स्थगित गरेको ‘ए’ डिभिजन लिग फुटबल बुधबारबाट पुनः शुरु भएको थियो ।

तर, शुरु भएको तीन दिनमै पुनः स्थगित हुदै छ । अब ‘ए’ डिभिजन लिग सिधै तिहार पछि शुचारु हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।