बिहीबार, साउन ७, २०८३

फ्रान्स आइसल्यान्डसँग बराबरीमा रोकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- बिहिबार राति भएको खेलमा विश्व विजेता फ्रान्सले आइसल्यान्डसँग बाबरी खेलेको छ । फ्रान्सले आइसल्यान्डसँग २-२ को बराबरी खेलेको हो । आइसल्यान्डसँग हारतर्फ उन्मुख भएको खेलमा युवा स्टार केलियन एमबाप्पेले खेलको अन्तिम समयमा गोल गर्दै हारबाट जोगाएका थिए ।

उनले खेलको ९०औं मिनेटमा गोल गर्दै फ्रान्सलाई हारबाट जोगाएका हुन् । खेल २-२ गोलको बराबरीमा सकिएको हो । जित नजिक पुगेको आइसल्यान्ड अन्तिमा समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिएको हो । 

आइसल्यान्डका विरकिर विजरनासन र कारी आर्नासनले गोल गरे । फ्रान्सका केलियन एमबाप्पेले गोल गर्दा एक गोल उपहार पाएको थियो । आइसल्यान्डका होलमारले आत्मघाती गोल गरेका थिए । ३०औं मिनेटमा विरकिरको गोलबाट आइसल्यान्डले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो । 

५८औं मिनेटमा कारीले गोल गरेपछि आइसल्यान्डले विश्वविजेताविरुद्ध २-० को अग्रता बनाएको थियो । २-० ले पछि परेपछि फ्रान्सले खेलमा दवाव सिर्जना गरेको थियो । ८६औं मिनेटमा होलमारले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्स खेलमा फर्किएको थियो । ९०औं मिनेटमा स्टार एमबाप्पेले गोल गरेपछि फ्रान्सलाई सम्भावित हारबाट जोगाए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।