मंगलबार, असार २३, २०८३

सुपर कपको फाइनल आज, चेल्सी र भिल्ला भिड्दै

युरोपियन सुपर ककपको फाइनल खेल आज बुधबार राति हुँदैछ। पछिल्लो सिजनको युरोपियन विजेता र युरोपा लिग विजेताबीच हुने फाइनल खेल हो यो।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं– युरोपियन सुपर ककपको फाइनल खेल आज बुधबार राति हुँदैछ। पछिल्लो सिजनको युरोपियन विजेता र युरोपा लिग विजेताबीच हुने फाइनल खेल हो यो।

आयरल्यान्डको विन्डसोर पार्कमा हुने खेलमा दुवै टिम उपाधिका लागि भिड्नेछन्। त्यसैले यो दुई च्याम्पियनको महाभिडन्त हो। र, यसमा समूह चरण वा अन्य चरणका खेल हुँदैनन्। यसमा एक फाइनल खेल मात्र हुन्छ। त्यो पनि सिंगल लेगको।

चेल्सीले पछिल्लो सिजनको च्याम्पियन्स लिग फाइनलमा प्रिमियर क्लब म्यानचेस्टर सिटीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो। सिटीलाई हराउन चेल्सीका केई हभाट्र्सले निर्णायक गोल गरेका थिए।

यता निर्धारित ९० मिनेटसम्मको खेल १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा भिल्ला रियलले ११–१० गोलको जित निकालेको थियो। ती दुई प्रतियोगिताका विजेताले अहिले आपसमा प्रतिस्पर्धा गर्न लागेका हुन्। खेल राति पौने १ बजे सुरु हुनेछ।

यो खेलको विजेताले खासै ठूलो पुरस्कार भने पाउँदैनन। विजेताले ५ मिलियन युरो पाउँछ भने उपविजेताले ३.५ मिलियन। ठूलो प्रतियोगितामा यो राशिको पुरस्कार खास ठूलो मानिँदैन। तर उपाधिका हिसाबले सुपर कपलाई प्रतिष्ठित ट्रफी मानिन्छ।

यसबाहेक च्याम्पियन्स लिग जितेको टिमले सुपर कपमा प्रामोसन भएको कारण खेलअघि नै ४.८८ मिलियन युरो पाउने गर्दछ।

यसअघिको सिजनमा बायर्न म्युनिखले जितेको थियो भने त्यसअघि लिभरपुलले जितेको थियो। सन् २०२० मा लिभरपुल १५ वर्षपछि सुपर कप जित्ने इंग्लिस क्लब भएको थियो।

प्रकाशित: Aug 11, 2021| 16:16 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।