काठमाडौं–राजधानीबाट बिहीबार प्रकाशित दैनिक पत्रपत्रिकाले सत्तारुढ दल नेकपाका नेता वामदेव गौतम काठमाडौं क्षेत्रनम्बर सातबाट निर्वाचन लड्ने भन्ने मनस्थितिबाट पछि हटेको समाचारलाई प्राथमिकतामा राखेका छन् ।
कान्तिपुर दैनिकले पछि हटे गौतम शीषर्कमा लेखेको समाचारमा पार्टी भित्रैको तीव्र विरोध, क्षेत्र तथा स्थानीय नेता, सर्वसाधारणको व्यापक आलोचनापछि उनी आफ्नो निर्णयबाट पछि हटेका हुन् ।
कार्यालय व्यवस्थापन र दरबन्दी मिलान नहुँदा प्रदेश कर्मचारीको दशैं खल्लो भएको, दशैंमा पनि हजारौ कर्मचारीले तलबभत्ता नपाएको, टपरीमा रैथाने स्वादलगायतका समाचार कान्तिपुरको मुख्य पृष्ठमा छन् ।
नयाँ पत्रिका दैनिकले पनि वामदेव प्रसंगको समापन शीर्षकमा लेखेको समाचारमा काठमाडौं सातका नेताहरुलाई वामदेवले फोन गरेर सद्भावनाका लागि धन्यवाद दिँदै चुनावमा नउठ्ने बताएको, पार्टी कै शीर्ष नेता कार्यकर्ताको असन्तुष्टि र सामाजिक सञ्जालको विरोधले वामदेवलाई गलाएको, स्थानीय तहलाई केन्द्रको हेपाई बढेको, दरबन्दीको आधा पनि कर्मचारी व्यवस्थापन गर्न नसकेको, टेलिफोन गर्न पाखेलो पर्खनुपर्ने फोन गर्दा १० र उठाउँदा पाँच रुपैयाँ प्रतिमिनेट तिर्नुपर्ने हुम्लाबासीको नियती, सरकारी निर्णयविपरीत सांसदलाई भत्तालगायतका खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले पनि हच्किए गौतम शीर्षकमा वामदेव उपनिर्वाचनबाट पछि हटेको समाचारलाई प्राथमिकतामा छापेको छ । प्रधानमन्त्री सांसदको स्याउबारी हेर्न मनाङ पुगेको, चिनीमा चलखेल भएको र छानबिन गर्न अख्तियारको ध्यानाकर्षण गराईएको खबरलाई प्राथमिकतामा छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४