शनिबार, जेठ २, २०८३

वैशाख पहिलो साता हुँदै ‘पावर समिट’ 

पावर समिटमा नेपालमा विद्युत् बजार, प्रसारण पूर्वाधार, जलविद्युत्को माग, प्रविधि र नवप्रवद्र्धन, अन्तरदेशीय विद्युत् व्यापारलगायतमा रहेर विभिन्न १५ वटा सत्रमा छलफल गरिने आयोजक इपानले बताएको हो।
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को आयोजनामा आगामी वैशाख पहिलो साता नेपालमा ‘पावर समिट २०२३’ हुने भएको छ। बुधबार इपानले गरेको पत्रकार सम्मेलनमा आगामी ५ र ६ वैशाख ‘पावर समिट २०२३’ आयोजना हुने जानकारी दिइएको हो।

National life

नेपालमा विद्युत् बजार, प्रसारण पूर्वाधार, जलविद्युत्को माग, प्रविधि र नवप्रवद्र्धन, सौर्य ऊर्जा, हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत् व्यापार, दिगो र जलवायु अनुकूलन विकासलगायतका विषयमा पावर समिटमा विभिन्न १५ वटा सत्रमा छलफल गरिने आयोजकले बताएको छ।

भारतीय दूतावास कन्ट्री पार्टनर, यूएसएआइडी र नेपाल विद्युत् प्राधिकरण पार्टनर रहेको पावर समिटमा ३० बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुनेछन्।

पावर समिटमा सरकारका उच्च अधिकारी, पावर ट्रेडिङ कम्पनी, विद्युत् उत्पादक, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनी, परामर्शदाता कम्पनी, बिक्रेता, थिंक ट्यांक र अन्य ऊर्जा क्षेत्रका सरोकारवालाको समेत सहभागिता रहनेछ। 

पावर समिटको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको इपान अध्यक्ष कृष्ण आचार्यले बताए। पावर समिटमा भारत, बंगलादेश, भुटान र श्रीलंकाका ऊर्जामन्त्रीलाई समेत निम्तो गरिएको उनको भनाइ छ।

समिटमा लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५००० मेगावाटका परियोजना प्रदर्शन गरिने इपानका उपाध्यक्ष आशीष गर्गले बताए।

प्रकाशित: Apr 05, 2023| 16:34 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्