शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट

 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं- महालक्ष्मी विकास बैंकले रेस्टुरेन्ट तथा श्रृंगारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ।

National life

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकहरूले काठमाडौंको बुढानीलकण्ठमा अवस्थित मेराकी होलिस्टिक वेलनेस रिट्रिटका सेवाहरूमा अधिकतम १०%, बुटवल उपमहानगरपालिकास्थित अमरपथमा अवस्थित समृद्धि हेयर ड्रेसिङ सलून एण्ड एकेडेमीका  सेवाहरूमा अधिकतम २०% र टंगालस्थित छोटु युनिसेक्स सलूनका सेवाहरूमा २०% को छुट प्राप्त गर्न सक्नेछन्।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: Apr 05, 2023| 21:00 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्