शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी क्यापिटलको म्युचुअल फण्ड इसेवाबाट खरिद गर्न सकिने

लक्ष्मी क्यापिटलको म्युचुअल फण्ड इसेवाबाट खरिद गर्न सकिने

 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

National life

काठमाडौं- इसेवा बाट नै लक्ष्मी क्यापिटल मार्केटले सञ्चालन गरेको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई खरिद गर्न सकिने भएको छ। इसेवा र क्यापिटलले यस सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार क्यापिटलले सञ्चालन गरेको 'शुभ लक्ष्मी कोष' खुलामुखी सामुहिक लगानी कोष योजना अन्तर्गतको व्यवस्थित लगानी योजना (एसआईपी) र सोझै योजनाको इकाई इसेवाबाट भुक्तानी गरेर खरिद गर्न सकिने छ।

इसेवाका अनुसार इसेवा एप तथा वेबपेजमा रहेको फाइनान्सियल सर्भिसेस भित्र गएर, इन्भेष्टमेन्ट बटन छनोट गरी लक्ष्मी म्युचुअल फण्डको एसआईपी वा युनिट पर्चेज खरिद गर्न सकिने छ।  क्यापिटलमा दर्ता नभएका ग्राहकहरुलाई इसेवा मार्फत नै रजिस्टर गर्न मिल्ने गरी सो सेवा उपलब्ध गराइएको सेवाले जनाएको छ।
 

प्रकाशित: Apr 05, 2023| 18:06 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्