शनिबार, जेठ २, २०८३

विनोद चौधरीको सम्पत्ति १ अर्ब ८० करोड डलर पुग्यो 

फोर्ब्सले सन् २०२३ मा सार्वजनिक गरेको विश्व अर्बपति सूचीमा चौधरीले गत वर्षभन्दा यो वर्ष ३० करोड डलर सम्पत्ति आर्जन गरेका हुन्। 
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं– नेपालका एक मात्र विश्व अर्बपति सूचीमा सूचीकृत अर्बपति विनोद चौधरीले यो वर्ष पनि सम्पत्ति आर्जनमा रेकर्ड कायम गरेका छन्। मंगलबार फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ को विश्व अर्बपति सूचीमा उनको सम्पत्ति १ अर्ब ८० करोड डलर पुगेको देखिएको हो। 

National life

६७ वर्षका चौधरीले आर्जन गरेको सम्पत्तिको स्रोत विविध रहेको उल्लेख छ। चौधरी फोर्ब्स सूचीका १६४७औं अर्बपति हुन्। 

तीन सन्तानका बाबु चौधरीको फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ को सम्पत्ति विश्व अर्बपति वरीयतामा परेयताकै सबैभन्दा धेरै हो। सन् २०१४ मा अर्बपति सूचीमा प्रवेश पाएका चौधरीको सम्पत्ति त्यतिबेला १.१ अर्ब डलर थियो।

त्यसपछि सन् २०१५ मा १.३ अर्ब डलर, सन् २०१६ मा १.१ अर्ब डलर, २०१७ मा १.३ अर्ब डलर, २०१८ मा १.५ अर्ब डलर, २०१९ मा १.७ अर्ब डलर, २०२० मा १.४ अर्ब डलर, २०२१ मा १.४ अर्ब डलर, २०२२ मा १.५ अर्ब डलर रहेकामा सन् २०२३ मा आइपुग्दा १.८ अर्ब डलर पुगेको हो। 

चौधरी सीजी कर्प ग्लोबलका मालिक हुन्। उनको नबिल बैंक र वाईवाई चाउचाउ उत्पादक सीजी फुड्समा ठूलो सेयर स्वामित्व छ।

वाईवाई चाउचाउका भारत, सर्बिया र बंगलादेशमा कारखाना रहेका छन्। इजिप्टमा अर्को कारखाना निर्माणको चरणमा छ। सीजीसँग १४३ वटाको स्वामित्व रहेकामा अन्य सम्पत्तिसमेत व्यवस्थापन गरिरहेको छ।

प्रकाशित: Apr 05, 2023| 14:51 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्