सोमबार, चैत २, २०८२

 फ्लोरिडामा 'माइकल' ले मच्चायो विध्वंश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
अमेरिका- राष्ट्रिय आँधी मापन केन्द्रका अनुसार माइकल आँधीको नाम दिइएको शक्तिशाली आँधीले फ्लोरिडा राज्यको प्यानह्याण्डल भनिने उत्तरपश्चिमी क्षेत्रमा सबैभन्दा बढी क्षती गरेको छ। अहिले सो आँधी फ्लोरिडा राज्यको तटोंसम्म पुगेको छ। 

आँधीले मेक्सिकोबीच नगरमा बुधवार अपरान्ह विध्वंश मच्चाएको हो। माइकल आँधीका कारण फ्लोरिडाको उत्तर–पश्चिमी क्षेत्रमा रहेकी समूद्र किनार वा नजिकका बस्तीमा ठूलो बाढी आएको छ। बाढीका कारण घरहरु डुबेका छन् भने तीव्र गतिको हुरीका कारण रुखहरु जरैदेखि ढालेका छन् ।

फ्लोरिडा राज्यका गर्भनर रिक स्कटले अकल्पनीय चेतावनी र आपतकालीन स्थितिको घोषणा गरेका छन्। उनले हाल घरमै रहेका मानिसहरुलाई घरबाट बाहिर ननिस्कन भनेका छन्। स्कुल र राज्यका कार्यालयहरु यो साता बन्द रहनेछन्। 

यो आँधी सय वर्षकै सबैभन्दा ठूलो आँधी रहेको स्कटले बताए। अमेरिकाको मध्यभागमा गत साता आएको आँधी र बाढीले मृत्यु हुनेको संख्या १३ जना पुगेको छ। जसमा होण्डुरसमा ६, निकारागुवामा चार तथा एल साल्भाडोरमा तीनजना रहेको बिबिसीले उल्लेख गरेको छ ।आँधीप्रति घण्टा दुई सय पचास किलोमिटरको गतीमा आएको हो। 
The wind and waves continue to pound the community of Shell Point in Crawfordville, Florida, several hours after Hurricane Michael made landfall on 10 October 2018

राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार हजारौं जनतालाई अन्यत्र ठाउँ सार्नु सजिलो काम होइन्। गरिबी पनि यसको मुख्य कारण बनेको छ। राष्ट्रिय आँधी मापन केन्द्रले तटीय इलाकाका मानिसहरुलाई मात्र शान्त वातावरण भएका कारण घर बाहिर ननिस्कन चेतावनी दिएको छ। किनकि खतरनाक आँधीहुरी जुनसुकै समयमा बढ्न सक्ने सम्भावना छ। 

संघीय प्रकोप व्यवस्थापन निकायका निर्देशक ब्रक लङ्गले राष्ट्रपतिलाई सन् २००१ भन्दा अगाडी निर्माण गरिएका भवनहरुप्रति उनी चिन्तित रहेको बताए। किनकि ती भवनहरुले क्याटगोरी थ्री वा ज्यादा शक्क्तिशाली आँधी ठाम्न सक्दैनन्। 

भारतको पुर्वी राज्य उडिसमा पनि तितली नाम दिइएको शक्तिशाली समुद्री आँधी आउन लागेको चेतावनी दिँदै अधिकारीहरुले तटीय क्षेत्रको तीन लाख मानिसलाई अन्यत्र सारेका छन्। 
Waves crash against a pier in Miller County as Hurricane Michael approached the Florida Panhandle, 10 October 2018A warehouse of boats is damaged at Treasure Island Marina after Hurricane Michael made landfall along the Florida Panhandle, 10 October 2018A man takes some tobacco products from a damaged store in Panama City, Florida, after Hurricane Michael passed through the area, 10 October 2018Storm damage after Hurricane Michael, 10 October 2018A woman crosses a flooded street after Hurricane Michael made landfall in Panama City, Florida, 10 October 2018Storm damage in Florida's Panama City after Hurricane Michael swept through, 10 October 2018People walk through the wreckage of a building in Panama City, Florida, 10 October 2018A truck is seen below a partial collapsed wall after Hurricane Michael in Panama City, Florida, 10 October 2018
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।