विरगंज- पर्साका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उपसचिव लालबाबु साह घुससहित पक्राउ परेका छन्। साह ४० हजार घुस रकमसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले जनाएको छ।
जगरनाथपुर गाउँपालिका अन्तर्गत वडा नम्बर ३ बिजवनियामा रहेको श्री नेपाल राष्ट्रिय माविको बैंक खाता फुकुवा गर्न साहले घुस मागेका थिए । विद्यालय भवन निर्माणका लागि कार्यालयले रकम पठाएको थियो। रकम पठाएपनि कार्यालयले फुकुवा गरेको थिएन।
रकम फुकुवा गराउन साहले निर्माण समितिका पदाधिकारीमार्फत ४० हजार घुस मागेका थिए। घुस रकम लिंदै गर्दा वीरगंज चिनीमिल आवास क्षेत्रमा रहेको क्वार्टरबाट उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४