बिहीबार, साउन ७, २०८३

बस र मोटरसाइकल ठोक्किदा दुर्इ जनाको ज्यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- पूर्वपश्चिम महेन्द्र राजमार्ग अर्न्तगत कैलालीको गोदावरी नगरपालीकाको अत्तरीयास्थित वनखेतमा बिहीबार दिउँसो बस र मोटरसाइकल एक आपसमा ठोक्किएका छन्। दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकलमा सवार दुवैजनाको मृत्यू भएको छ।

दुर्घटनामा गोदावरी नगरपालीका-६ बस्ने मोटरसाइकल चालक २८ वर्षिय हेमन्त साउँद र त्यसमा सवार सोहि ठाउँका २६ वर्षिय विक्रम खड्काको मृत्यू भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। 

दुर्घटना लगत्तै दुवै जनालाई पदमा अस्पतालमा सामान्य उपचारपछि भारतको वरेली लैजाने क्रममा बाटोमा मृत्यू भएको प्रहरीले जनाएको छ।
 
दुवै जनाको शव पोष्टमार्टमका लागी सेती अञ्चल अस्पताल ल्याइएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ८०४९ नम्वरको बस र  विपरित दिशावाट जाँदै गरेको से ५ प ७५३६ नम्वरको पल्सर मोटरसाइकल वनखेतमा एकआपसमा ठोक्किएको हो। बस र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।