शनिबार, जेठ २, २०८३

महासंघ निर्वाचनः संघई र अन्जनको उम्मेदवारी दर्ता

महासंघको वरिष्ठ उपाध्यक्षमा ३ जनाले उम्मेदवारी दिने घोषणा गरेकामा हालसम्म संघीई र अन्जनको उम्मेदवारी परेको हो।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं– नेपालका उद्योगी, व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। आज ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकिएको छ।

National life

हालसम्म रामचन्द्र संघीई र अन्जन श्रेष्ठ गरी २ जनाले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलले बताएका हुन्।

यसअघि १९ चैतमा संघईले उम्मेदवारी दर्ता गराएका थिए भने अन्जनले गराएका हुन्। महासंघको वरिष्ठ उपाध्यक्ष पदमा ३ जनाले उम्मेदवारी दिने घोषण गरेका छन्। यीमध्ये उमेशलाल श्रेष्ठको उम्मेदवारी दर्ता हुन बाँकी छ।

महासंघको साधारणसभा र नेतृत्व चयनका लागि आगामी २८–२९ चैतमा काठमाडौंमा निर्वाचन हुँदै छ। अहिलेसम्म सबै पदमा गरी कुल ५६ जनाले उम्मेदवारी दर्ता गराएको महासंघको निर्वाचन परिचालन समितिले जनाएको छ।

प्रकाशित: Apr 04, 2023| 11:58 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्