आइतबार, चैत १५, २०८२

‘ए’ डिभिजन लिग : पुलिसको विजय शुरुवात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युवा क्लबलाई १-० ले  पराजित गरेको छ । यससँगै पुलिसले लिगमा सुखद शुरुवात गरेको हो । 

पुलिसका लागि पहिलो हाफको ३२ औं मिनेटमा अजित भण्डारीले गोल गरेका थिए । पुलिसले पेनाल्टी क्षेत्रबाहिर पाएको फ्रिकिकमा उत्कृष्ट टिमवर्कको नमुना प्रस्तुत गर्दै गोल गरेको हो । 

त्यसअघि जावलाखेलका गोलरक्षक टिकेन्द्र थापाले पुलिसको दुई सुन्दर प्रयासलाई विफल बनाएका थिए । सुमन लामाले ६ यार्ड भित्रबाट गरेको प्रहार उनले रोकेका थिए । दोस्रो हाफमा जावलाखेलले केहि सुधारिएको प्रदर्शन गर्यो । 

त्यस क्रममा जावलाखेलले बराबरी गर्ने मौकाको सदुपयोग गर्न सकेन । ७५ औं मिनेटमा पुलिसका अजितबाट वैकल्पिक खेलाडी सुमन डंगोलले बल खोसेपछि प्रज्वल थापामगरले पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनमा गोल गर्न सकेनन् ।

सुमन लामाले पेनाल्टी बक्सको छेउबाट गरेको प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो । ८० औं मिनेटमा अभिषेक रिजालको लो क्रसमा सुमनले पेनाल्टी क्षेत्रभित्र बल छुन सकेनन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।