सोमबार, चैत २, २०८२

विहारका मुख्यमन्त्री नितिशलाई लक्षित गरी चप्पल प्रहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पटना–विहारका मुख्यमन्त्री नितिश कुमारलाई लक्षित गरेर एक युवकले चप्पल प्रहार गरेका छन् । आफ्नै पार्टीकोे विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन पटनास्थित सभाघर पुगेका नितिशलाई लक्षित गरी चप्पल प्रहार गरिएको हो ।

चप्पल प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नितिशको पार्टी जदयू आवद्ध विद्यार्थीहरुको भेला बोलाइएको थियो । उक्त भेलामा विहारका सबै जिल्लाबाट ठुलो संख्यामा विद्यार्थीहरु जम्मा भएका थिए ।

कार्यक्रम चलिरहेकै बेला एक युवकले मञ्चमा बसेको मुख्यमन्त्री नितिशलाई लक्षित गरेर चप्पल फ्यालेको बताइएको छ । यद्यपी युवकले फ्यालेको चप्पल नितिशसम्म नपुगेर मञ्च मुनी झरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

नितिशमाथि चप्पल फ्यालिएको यो पहिलो घटना होइन । यसअघि सन् २०१६ मा विहारको बख्तियारपुरमा कार्यक्रममा सहभागी हुन पुगेकोबेला एक युवकले नितिशलाई लक्षित गरी मञ्चमा जुत्ता प्रहार गरेका थिए ।

भारतको गुजरातमा विहारसहित उत्तर भारतीयहरुमाथि पछिल्लो दिनमा आक्रमण हुँदै आएको छ । गुजरातका स्थानीयहरुले उत्तर भारतीयहरुलाई गुजरात छोड्न उर्दी जारी गरेका छन् । कामगर्न  गुजरात पुगेका विहारका नागरिकमाथि निरन्तर आक्रमण भइरहँदा पनि मुख्यमन्त्री नितिशले केहि बोल्न नसकेको भन्दै विहारमा उनीविरुद्ध आक्रोश बढ्दै गएको छ ।

गुजरातमा भारतीय जनता पार्टीको सरकार छ र विहारमा नितिशलाई पनि उसले समर्थन गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।