बिहीबार, साउन ७, २०८३

थ्रीस्टारसँग फ्रेन्ड्स क्लब २-१ ले पराजित  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहिाबार भएको खेलमा फ्रेन्ड्स क्लब थ्रीस्टारसँग पराजित भएको छ । फ्रेन्ड्स थ्रीस्टारविरुद्ध २-१ ले पराजित भएको हो । यससँगै थ्रीaस्टारले लिगमा सुखद शुरुवात गरेको छ ।

थ्रीस्टारका लागि रन्जन विष्ट र बुद्धले गोल गरे । पहिलो हाफमा एक गोल गरेको थ्रीस्टारले दोस्रो हाफमा थप एक गोल गर्दै २-१ ले जित निकालेको हो । थ्रीस्टारले पहिलो हाफको १७ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । 

१७ औं मिनेटमा रन्जनले उत्कृष्ट गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । उनले मध्येभागबाट डिफेन्सलाई बिट गर्दै लागेको बल पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट गोल गरेका थिए ।

खेलको चौथो मिनेटमा थ्री स्टारका पिटर सेगुनले गोल गर्ने अवसर गुमाएका थिए । लगत्तै पाँचौ मिनेटमा सुनील बलको फ्रिकिकमा रञ्जित धिमालको प्रहारले पोस्टको दिशा लिन सकेको थिए ।

१३ औं मिनेटमा फ्रेन्ड्सका कप्तान धिरज श्रेष्ठले पाएको अवसर गोलमा परिणत गर्न सकेनन् । ३७ औं मिनेटमा अजायी मार्टिन्सले पनि टाइट एंगलमा पाएको अवसर गोलको दिशामा पठाउन सकेनन् । ४२ औं मिनेटमा रन्जन पेनाल्टी क्षेत्रबाहिर लडाएपछि पाएको फ्रिकिकमा रञ्जितको प्रहार बाहिरिएको थियो ।

फ्रेन्ड्सका सरोज योन्जन लामाको फ्रिकिकमा गोलरक्षक एलन न्यौपानेले बल फुस्काएपछि गोललाइनमा विष्णु सुनारले क्लियर गरे । ६९ औं मिनेटमा बुद्ध फेरी गोल गर्नबाट चुके । पेनाल्टी क्षेत्रभित्रबाट सुनील बलको क्रसमा बुद्धको लो हेडर पोस्टभन्दा थोरै बाहिरियो ।

बुद्धले ८३ औं मिनेटमा अन्ततः गोल गरे । फ्रेन्डसको मिसपासलाई कन्ट्रोल गर्दै पेनाल्टी क्षेत्र बाहिरबाट गरेको उनको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । 

इन्ज्युरी समयको पहिलो मिनेटमा फ्रेन्डसका वैकल्पिक खेलाडी विकास लामाले गोल फर्काए । मैदान छिरेको ७ मिनेटमै उनले ६ यार्डमा बक्सभित्र अनमार्क रहेको अवस्थामा रिबाउन्ड बललाई पोस्टको दिशा दिएका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।