शुक्रबार, जेठ १, २०८३

आरआर क्‍याम्पसमा २६ चैतमा स्ववियु चुनाव हुने

 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

काठमाडौं- काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव २६ चैतमा हुने भएको छ।

National life

आइतबार बसेको सर्वपक्षीय बैठकले २६ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको बैठकमा सहभागी अनेरास्ववियुका नेता मदन भण्डारीले जानकारी दिए। त्रिभुवन विश्वविद्यालयले ५ चैतमा तोकेको स्ववियु निर्वाचन विद्यार्थी संगठनबीचको विवादका कारण यहाँ हुन सकेको थिएन।

स्ववियु निर्वाचनको विषयलाई लिएर सत्तारुढ दल निकट विद्यार्थी संगठनले २६ फागुनमा क्षम्पसमा तालाबन्दी गरेका थिए। निर्वाचन अधिकृतको राजीनामा, फर्जी भर्ना भएका विद्यार्थीको छानबिन लगायतका माग उनीहरुले राखेका थिए।

सोही अनुसार क्याम्पस प्रशासनले निर्वाचन अधिकृत परिवर्तन गर्ने र विद्यार्थी भर्ना छानबिन गर्ने भएपछि २६ चैतमा चुनाव गर्ने सहमति भएको हो।
 

प्रकाशित: Apr 02, 2023| 18:28 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...