बिहीबार, साउन ७, २०८३

पहिलो हाफमा थ्रीस्टारको १-० को अग्रता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत थ्रीस्टार र फ्रेन्ड्स क्लबबीचको जारी खेलको पहिलो हाफमा थ्रीस्टार क्लबले फ्रेन्ड्सविरुद्ध १-० को अग्रता लिएको छ । थ्रीस्टारका लागि खेलको १७ औं मिनेटमा रन्जनले उत्कृष्ट गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए ।

खेलको चौथो मिनेटमा थ्री स्टारका पिटर सेगुनले गोल गर्ने अवसर गुमाएका थिए । लगत्तै पाँचौ मिनेटमा सुनील बलको फ्रिकिकमा रञ्जित धिमालको प्रहारले पोस्टको दिशा लिन सकेन । 

तर १७ औं मिनेटमा रन्जनले मध्येभागबाट डिफेन्सलाई बिट गर्दै लागेको बल पेनाल्टी क्षेत्रभित्रबाट गोल गरेका थिए । त्यसको आठ मिनेटपछि फ्रेन्ड्सका कप्तान धिरज श्रेष्ठले पाएको अवसर गोलमा परिणत गर्न सकेनन् । 

३७ औं मिनेटमा अजायी मार्टिन्सले पनि टाइट एंगलमा पाएको अवसर गोलको दिशामा पठाउन सकेनन् । ४२ औं मिनेटमा रन्जन विष्टलाई पेनाल्टी क्षेत्रबाहिर लडाएपछि पाएको फ्रिकिकमा रञ्जितको प्रहार बाहिरियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।