बिहीबार, साउन ७, २०८३

स्वचालित पेस्तोलसहित युवक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगञ्ज-प्रहरीले पर्साबाट एक युवकलाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला पटेर्वा सुगौली गाउँपालिका–१ गढियानी टोल बस्ने २५ वर्षका मनोज पासवान रहेको पर्सा प्रहरीले जनाएको छ ।

पासवानको साथबाट स्वचालित पेस्तोल र त्यसमा प्रयोग हुने म्याग्जिन बरामद भएको प्रहरी कार्यालय पर्साले जनाएको छ । सुगौली गाउँबाट निचुटातर्फ जाँदै गरेको अवस्थामा पासवानलाई सुगौली गाउँपालिका-४ स्थित भलुवाही खोला नजिक प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा पासवानको शरीर खानतलाशी गर्दा उनको साथबाट मेड इन युएसए लेखिएको स्वचालित पेस्तोल र म्याग्जिन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पासवानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।