पेरिस (एजेनसी)- सेरिस सेन्ट जर्मन (पीएसजी)का मिडफिल्डर जुलियन ड्राक्सलरले केलियन एममाप्पेको प्रषंसा गरेका छन् । ड्राक्सलरले आफ्ना टिम काथी एमबाप्पेलाई एक घटनाको रुपमा लिएका छन् ।
१९ बर्षीय एमबाप्पेले यस सिजनमा सबै खाले सात खेल खेल्दै १० गोल गरि सकेका छन् । उनले आइतबार भएको लिग १ खेलमा लियोनविरुद्ध चार गोल गरेका थिए ।
यस सिजनका तीन खेल मात्र खेलेका ड्राक्सलरले एमबाप्पेको अविस्वासनिय गतिलाई एक घटनाको बारेमा बताएका हुन् । ‘मेरो बिचारमा तपाईलाई यस युवा स्टारका बारेमा अरु केही भन्नु छैन् । उनी एक घटना हुन् ।’
ड्राक्सलरले भने , ‘उनले यति गति पाएका छन् की मलाई लाग्छ यस्तो गतिका साथ विश्वमा कुनै खेलाडी छैनन् । उनी गोलका अगाडी धेरै खतरनाख छन् र मलाई लाग्छ उनी देखेर सबै यती खुशी छन् की उनी हाम्रो टिमका एक हिस्सा हुन् ।’
एमबाप्पेबाट के सिक्न सकिन्छ भन्ने प्रश्नमा ड्राक्सलरले भने, ‘मेरो इच्छा छ की म त्यती गतिसिल बनु जति उनी छन् । तर, म छैन् ।’ पीएसजीले लिग १ सिजनमा रेकर्ड ब्रेकिङ शुरु गरेको छ । जहाँ लिगको शिर्ष स्थानमा ८ अंकले लिड गरेको छ भने ९ खेलमा अपराजित रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४