बिहीबार, साउन ७, २०८३

फ्रेन्ड्स र थ्रीस्टारबीचको खेल शुरु, यस्ताे छ शुरुवाती ११ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (बिहिबार)को फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीचको पहिलो खेल शुरु भएको छ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु भएको हो । 

१० महिनादेखि लिगको लागि तयारी गर्दै आएको थ्रीस्टारले आफ्नो टोली बलियो बनाउदै तया पहिलो खेलमा ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रनेछन् । थ्रीस्टारले राष्ट्रिय टोलीका ४ खेलाडी हाल क्लबमा आबद्ध छन् । 

एलन न्यौपाने, निराजन खड्का, सुनील बल र अनन्त तामाङले टोलीलाई मजबुती दिएका छन् । रजिन धिमाल, अनिल गुरुङ, रन्जन विष्ट, बुद्ध चेम्जोङ, विजय धिमाल लगायतका घरेलु खेलाडी पनि टोलीमा छन् । विदेशी खेलाडीमा डिफेन्डर पिटर सेगुन र फरवार्ड अजायी मार्टिन्ग्स छन् । 

यता फ्रेन्ड्सका प्रशिक्षक रमेश महर्जनले युवा टोलीलाई डेढ महिना देखि बाग्मती नदी किनारमा प्रशिक्षण गराईरहेका छन् । टोलीले अहिलेसम्म चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । त्यसमा एक दक्षिण एसियाली राष्ट्रको खेलाडीको रुपमा बंगलादेशका खेलाडीलाई अुनबन्ध गरेको छं । यस टिममा यू-१८ का खेलाडीहरुको बाहुल्यता रहेको छ ।

सुरुवाती ११ 

थ्री स्टार 

एलन न्यौपाने, निराजन खड्का (कप्तान), विजय धिमाल, विष्णु सुनार, पिटर सगुन, रञ्जित धिमाल, रुपेश केसी, सुनील बल, अजायी मार्टिन्स, रन्जन विष्ट, बुद्ध चेम्जोङ

फ्रेन्ड्स 

मोहमद करीम, असिम भुसाल, जनक कोइराला, सरोज योन्जन, आशिष केसी, रमेश बर्तौला, समिर राइ, अनिल महर्जन, जीवन गुरुङ, प्रेजेन तामाङ, धिरज श्रेष्ठ (कप्तान)
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।