बिहीबार, साउन ७, २०८३

युक्रेनसँग इटाली बराबरीमा रोकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- बुधबार राती भएको मैत्रीपूर्ण खेल अन्तर्गत इटाली अर्को युरोपेली टोली युक्रेनसँग बराबरीमा रोकेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा इटालीले अग्रता लिएपनि युक्रेनले खेल १-१ को बराबरी गर्न सफल रहेको हो ।

इटालीले दोस्रो हाफको सुरुवातमै अग्रता लिएको थियो । युभेन्ट्सका फेडेरिको बर्नार्डेस्कीको शक्तिशाली प्रहार गोलरक्षक आन्द्रेइ प्याटोभले सम्हाल्न नसक्द इटालीले अग्रता लिएको थियो । त्यसको केहि मिनेटमै युक्रेनले बराबरी गोल फर्कायो । 

रुस्लन मालिनोभ्स्कीले कर्नरमा आएको बललाई पोस्टको दिशा दिंदै खेल बराबरीमा ल्याएका थिए । इटालीले थप मौका पाएपनि त्यसको सदुपयोग भने गर्न सकेन । खेलको सुरुवातदेखि दबाब कायम गरेपनि युक्रेनी गोलरक्षक प्याटोभले राम्रो बचाउ गरेका थिए । 

खेलअघि अगस्टमा जेनोआमा पुल खसेर दिवंगत भएका ४३ मानिसको स्मृतिमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । खेलको ४३ औं मिनेटमा रंगशालाका सबैले एक मिनेट मौन धारण गरेर शान्तिको कामना गरेका थिए । साम्प्डोरियाको घरेलु मैदानमा भएको खेलमा आफ्नो खेलाडी करिअर यहीं बिताएका रोबर्टो मान्चिनीले पनि स्मृति सभामा सहभागिता जनाए ।

पछिल्लो पाँच घरेलु खेलमा इटालीले जित हासिल गर्न सकेको छैन । अब इटालीले यूईएफए नेसन्स अन्तर्गत खेलमा आइतबार पोल्यान्डको सामना गर्नेछ । युक्रेनले पनि चेक गणतन्त्रसँग मंगलबार खेल्ने कार्यक्रम रहेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।