बिहीबार, साउन ७, २०८३

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (बिहिबार) दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा जावलाखेल र नेपाल पुलिस क्लबले खेल्नेछन् ।

फ्रेन्ड्स क्लब र थ्री स्टारबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । दुवै टोली पहिलो खेलमा ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रनेछन् । थ्रीस्टारले १० महिनादेखि लिगको लागि तयारी गर्दै बलियो टोली तयार पारेको छ । राष्ट्रिय टोलीका ४ खेलाडी हाल क्लबमा आबद्ध छन् । 

एलन न्यौपाने, निराजन खड्का, सुनील बल र अनन्त तामाङले टोलीलाई मजबुती दिएका छन् । रजिन धिमाल, अनिल गुरुङ, रन्जन विष्ट, बुद्ध चेम्जोङ, विजय धिमाल लगायतका घरेलु खेलाडी पनि टोलीमा छन् । विदेशी खेलाडीमा डिफेन्डर पिटर सेगुन र फरवार्ड अजायी मार्टिन्ग्स छन् ।

यता फ्रेन्ड्सका प्रशिक्षक रमेश महर्जनले युवा टोलीलाई डेढ महिना देखि बाग्मती नदी किनारमा प्रशिक्षण गराईरहेका छन् । टोलीले अहिलेसम्म चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । त्यसमा एक दक्षिण एसियाली राष्ट्रको खेलाडीको रुपमा बंगलादेशका खेलाडीलाई अुनबन्ध गरेको छं । यस टिममा यू–१८ का खेलाडीहरुको बाहुल्यता रहेको छ । 

त्यस्तै आज नै हुने अर्को खेल दिउँसो ३ बजे सुरु हुनेछ ।  जावलाखेल र पुलिस पनि विजयी सुरुवात गर्ने लक्ष्यसहि मैदान उत्रनेछन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।