बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एउटा मुद्दामा पनि नचुक्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

एउटा मुद्दामा पनि नचुक्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपीशर्मा ओलीले कमजोरीहरु सुधार्दै अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरीलाई निर्देशन दिएका छन् । 

६३ औ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति र सुरक्षाका विषयमा कुनै सम्झौता नगरि काम गर्न निर्देशन दिएका हुन् । 

उनले प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन सरकार लागि परेको समेत जानकारी दिए । उनले भने- 'प्रहरी कस्तो समस्याबाट गुज्रिएको छ भन्ने मलाई राम्रोसँग थाहा छ, यो समस्या धेरै दिन रहन दिने छैन् । कमजोर साधन स्रोतका बीच प्रहरीले गरेको काम प्रशंसायोग्य रहेको उनको भनाइ थियो । '

प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाएको उल्लेख गर्दै उनले प्रहरी एउटा पनि मुद्दामा चुक्न नहुने बताए । चाडै प्रहरी ऐन बनाउने तयारीमा सरकार जुटेको जानकारी दिदै उनले यसका लागि छलफल भइरहको बताए । शान्ति मिसनमा नेपाल प्रहरी पाँचौ स्थानमा रहेकोमा पनि प्रशसा गरे । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।