काठमाडौं– नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलाई सेवाबाट बर्खास्त गर्न माग गरेका छन्। अखिल क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै उपकुलपतिलाई यथाशीघ्र बर्खास्त गर्न सरकारसँग माग गरेका हुन्।
उपकुलपतिको कार्यशैलीका कारण विश्वविद्यालयले गति लिन नसकेको र विश्वविद्यालयमा वितण्डा मच्चिँदै गएकाले तत्काल उपकुलपतिलाई सरकारले सेवाबाटै हटाए मात्र समस्याको समाधान हुने अखिल क्रन्तिकारीको निष्कर्ष छ।
विद्यार्थीको जायज माग उपकुतपतिले नसुनेको र आन्दोलनरत विद्यार्थीउपर प्रहरी प्रशासन लगाएर दमन गर्ने प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ। उपकुलपतिलाई राजीनामा वा बर्खास्त नगरिएसम्म सामाजिक बहिष्कार गर्ने अखिल क्रान्तिकारीले जनाएको छ।