सोमबार, वैशाख ८, २०८२

लाहुरे ठाडो भाका ल्याउँदै खड्क गर्बुजा र ताराश्री

 |  बिहीबार, चैत १६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

vianetvianet

काठमाडौं- नयाँ वर्ष २०८० को अवसर पारेर लोकदोहोरी गायक खड्ग गर्बुजाले ‘लाहुरेः ठाडो भाका’ लिएर आउँदैछन्। लोकदोहोरी क्षेत्रमा कालिगण्डकीको सालैज्यू भाकालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने जस पाएका गर्बुजालाई गायनमा तारा श्रीष मगरले साथ दिएकी छन्। 

triton college

दर्शकलाई आफ्नो स्वरले मुग्ध बनाउने क्षमता राख्ने गायक गर्बुजाको लाहुरेमा अभिनय गरेका छन्, अभिनेता राहुल केसी र केकी अधिकारीले। गर्बुजा सालैजो, सोरठी, यानिमाया ठाडो भाखा, कौरा, झ्याउरे, ख्यालीजस्ता लोकगीतलाई पुनर्जीवन दिएर युवा जमातमा लोकप्रिय बनाउने अग्रणि लोकगायक हुन्। गायक तथा संकलक गर्बुजाको पुराना गीतहरूलाई भिडियोमार्फत दर्शकमाझ ल्याउने खोजेका हुन्, राजु केसी र रक्षा बानिया केसीले ।

कोरियोग्राफर सुनिल क्षेत्रीको निर्देशनमा डान्सको स्टेप दिइरहेका केकी र राहुल नाचेको हेरेर गायक गर्बुजा मुस्कुराइरहेका थिए। गायक गर्बुजा र अभिनेता राहुलको गृह जिल्ला म्यादी हो।

हाल अमेरिकालाई कर्मभूमि बनाउँदै आएका राहुलकाअनुसार गर्बुजाले गाएका पुराना गीतलाई पुन रेकर्ड तथा भिडियो बनाई गण्डकी क्षेत्रको लोकभाकालाई विश्वमा छरिएका नेपालीमा लैजाने बताउँछन्। नयाँ वर्षको अवसर पारेर गीत सार्वजनिक गर्ने लक्ष्य रहेको बताए निर्देशक निर्माता राजु केसीले।
 

प्रकाशित: Mar 30, 2023| 18:14 बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्