बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • साढे दुई सय यात्रु बोकेको पानीजहाजमा आगलागी: ३१ को मृत्यु, सात बेपत्ता

साढे दुई सय यात्रु बोकेको पानीजहाजमा आगलागी: ३१ को मृत्यु, सात बेपत्ता

 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

दक्षिणी फिलिपिन्समा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ। उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका छन् भने सात जना अझै हराइरहेका छन्।

बुधबार राति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र १ सय ९० जना यात्रीलाई तटरक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको थियो। पानीजहाजमा २ सय ५० भन्दा बढी यात्री रहेका बताइएको छ।

लेडी मेरी जोय-३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआंगा सहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका बेला आगो लागेको थियो।

प्रकाशित: Mar 30, 2023| 14:53 बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।