बिहीबार, साउन ७, २०८३

बाजुरामा राँगा जुधाएर दशैंको स्वागत 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- हिन्दुहरुको महान बडा दशैं तथा तिहारको अवसरमा जिल्लाका विभिन्न स्थानीय तहका नागरिकहरुले राँगा जुधाएर दशैंको स्वागत गरेका छन्। 

घटस्थापनाको अघिल्लो दिन जिल्लाका बुढीगंगा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, बडीमालिका नगरपालिकाका विभिन्न स्थानहरुमा रागा जुधाएर दशैको स्वागत गर्ने प्रचलन रही आएको बुढापाकाहरुको भनाई रहेको छ। 

मंगलबार दिउँसो ४:०० बजे  बडीमालिका नगरपालिका-८ पर्ने बाउली खोलामा पनि दुई जोर राँगा जुधाएर दशैंको स्वागत गरिएको स्थानीय देब बहादुर रोकायाले जानकारी दिए।
    
दशैं शुरुवातको अघिल्लो दिन दिनमा राँगा जुधाउने, बेलुकी घरमा मिठो मिठो पकाएर खाने र दशैंका लागि जमराहरु राख्ने प्रचलन रहेको ज्योतिष कुश्मराज पण्डितले बताए। हिन्दु धर्मालम्बीहरुको महान चाडका रुपमा रहेको उक्त पर्वलाई निकै हर्ष उल्लासका साथ मनाउने गरेको पण्डितले बताएका छन्। 

उनले परम्परागत रुपमा चल्दै आएको उक्त संस्कृतिको जगेर्ना गर्नका लागि राँगा जुधाउनु नै संस्कृति बचाएको बडीमालिका नगरपालिका–७ का स्थानीय तुलाराम जैशीले बताए। उनले परम्परागत रुपमा पारापुर्खाले चलन चल्तीका रुपमा चलाउदै आएको रितिरिवाजलाई संरक्षण गर्नका लागि राँगा जुधाएको जैशीको भनाई रहेको छ।

देवी देवताको मन खुसी पार्न मात्र नभई आफन्तहरुको भेटघाट र दुख सुखका कुरा गर्ने माध्यम बनाई राँगा जुधाउने गरेको स्थानीयहरुले बताएका छन्। दशैंलाई स्वागत गर्नका बुढीगंगा नगरपालिकाको घोडा धपाउनेमा पनि राँगा जुधाएको बताइएको छ। यस्तै खप्तड छेडेदह गाउँपालिकाको आटीचौरमा पनि राँगा जुधाउने गरेका छन्। 

दशैको स्वागत र रमाईलोसंगै आफन्तसंग भेटघाट गर्न राँगा जुधाउने गरेको पाइन्छ। जिल्लाका विभिन्न स्थानीय तहका विभिन्न स्थानहरुमा आ-आफ्नै प्रचलन र रितिरिवाज रहेको बताइएको छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।