बिहीबार, साउन ७, २०८३

दोस्रो पटक पनि सर्‍यो नेकपा सचिवालय बैठक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको बैठक फेरी दोस्रो पटक पनि सरेको छ। बुधबार बस्ने भनिएको नेकपा सचिवालयको बैठक मंगलबार बेलुका सूचना जारी गरी असोज २७ लागि सारिएको थियो। नेताहरुबीच सहमति भइनसकेको र दशैं पनि नजिकिएकाले असोज २७ को बैठक पनि कार्तिक ४ र ५ गते बस्ने बताइएको छ। 

नेकपामा विवाद बढ्दै गएपछि सचिवालयमै छताछुल्ल हुने भएपछि आपसी सहमतिपश्‍चात बैठक बोलाउने रणनिति अनुरुप बैठक कार्तिक ४ र ५ गतेका लागि सारिएको श्रोतले जनाएको छ। 

त्यसैगरी नेकपाको स्थायी कमिटि बैठक भने कार्तिक १२ र १३ गते बस्ने जनाइएको छ। यसअघि आइतबारका लागि बोलाइएको बैठक दुवै पार्टी अध्यक्षको कार्यव्यस्तताका कारण सोमबारका लागि सारिएको थियो। 

सोमबार बसेको सचिवालय बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले लिखित असन्तुष्टि देखाएपछि बैठकको ऐजेण्डा नै मोडेर नेताहरुको विदेश भ्रमणको चर्चा गर्दै बैठक टुङ्‍ग्याइएको थियो। 

बसौं कि नबसौं भन्दै सोमबार बसेको नेकपा सचिवालयको बैठक मुश्किलले दुई घन्टा चलेको थियो। सोमबारको बैठक चियापान अनि ठट्टा मजाक मै बैठक सकिएको थियो। 
 
नेताहरु व्यस्त भएको भन्दै सोमबार बिहान नौ बजेका लागि बैठक साढे १० बजे मात्र शुरु भएको थियो। पटक पटक स्थगित भएर बसेको बैठकका लागि थुप्रै महत्वपूर्ण एजेन्डा थिए। पार्टीको आन्तरिक असन्तुष्टी व्यवस्थापनदेखि तल्ला निकायको एकता प्रक्रियासम्मको लफडा मिलाउनुपर्ने थियो। तर कुनै पनि विषयमा गम्भीर छलफल मात्र नभएको होइन, विषय प्रवेशसमेत भएन। 

एकातिर माधव नेपालको असन्तुष्टि र अर्कोतिर रामवीर मानन्धरको राजिनामासँगै वामदेव गौतमको उम्मेदवारी दिने तयारीले गर्दा पार्टी शिर्ष नेतालार्इ फेरि झट्‍का लागेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।